
झापाको कृष्णे खोलाले बगाउँदा बालकको मृत्यु
झापा- झापाको कृष्णे खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका–१ रतनचौन निवासी मिङमारेन्जे शेर्पाका छोरा १२ वर्षीय सुसान शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज बिहान अन्दाजी ७:३० बजे कृष्णे खोलाको बगरमा सुसानको शव फेला परेको थियो।
सुसान दुई दिनअघि कोही कसैलाई जानकारी नगराई घरबाट आफूखुसी हिँडेर बेपत्ता भएका थिए। घर नआएपछि उनलाई आफन्तजनले खोजतलास गरिरहेका थिए।
छोरा फेला नपरेपछि उनका बुबाले सोमबार प्रहरी चौकी तोपगाछीमा हुलियासहितको निवेदन दिएका थिए।



कागजपत्र |
