हिजो रद्द काठमाडाैं-दोहा उडान आज


काठमाडौं – कतारले आफ्नो हवाई क्षेत्र (एफआईआर) बन्द गर्दा हिजो रद्द भएको नेपाल एयरलाइन्सको काठमाडौँ–दोहा उडान आज मध्यान्ह १२ बजे सञ्चालन हुने भएको छ ।

नेपाल वायुसेवा निगमले एक सूचना जारी गर्दै हिजोको लागि निर्धारित उडान RA 239/240 आज दिउँसो १२:०० बजे सञ्चालन हुने जानकारी दिएको हो ।

निगमले सम्बन्धित उडानका यात्रुहरूलाई निर्धारित समयमा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन अनुरोध गरेको छ।

उडान रद्द हुनाले यात्रुहरूमा पर्न गएको असुविधाप्रति निगमले क्षमा याचना गरेको छ।

प्रतिक्रिया