
संसद भवनस्थित क्यान्टिनबाट खसेर एक जना घाइते
काठमाडौं- संघीय संसद् भवन, नयाँबानेश्वरमा रहेको क्यान्टिन माथिको छतबाट एक जना कामदार खसेका छन् । छतमा मर्मतको काम गर्दागर्दै फल्स सिलिङ भाँचिएर उनी लडेका हुन् ।
उनलाई अहिले सिभिल अस्पतालमा उपचारका लागि लगिएको संसद् भवन परिसरका एक सुरक्षाकर्मीले जानकारी दिए ।
उनको कुहिना र गोडामा चोट लागेको छ ।



कागजपत्र |
