‘पाँचखालको तरकारीमा लागेको दुस्प्रचारको दाग मेटाउन सफल’


पाँचखाल- तरकारीको हब मानिएको काभ्रेको पाँचखालमा कृषि उपज संकलन तथा बजार केन्द्र स्थापना भएको छ ।

केन्द्र स्थापना भएसँगै पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले एकीकृत शत्रुजिव व्यवस्थापन (आईपीएम) प्रविधिबाट उत्पादन भएको कृषि उपज संकलन तथा बजार केन्द्र सञ्चालनमा ल्याइएको जनाए ।

केन्द्रको सञ्चालनपछि मेयर खरेलले एक दशक अगाडि पाँचखालमा उत्पादन भएको ताजा तरकारीको बारेमा दुस्प्रचार गर्दै दाग लगाउने कार्य भएकोमा उक्त दागलाई मेटाउन सफलको जनाउँदै खुशी व्यक्त गरे ।

विषादीको प्रयोग नगरी जैविक विषादीको मात्र प्रयोग गरेका तरकारी संकलन गर्न उक्त केन्द्र स्थापना भएको हो ।

कृषि उपज संकलन तथा बजार केन्द्रको लागि पनि लवग्रिन नेपालको २५ लाख र पाँचखाल नगरपालिकाको ९ लाख रुपैयाँ साझेदारीका निर्माण भएको हो ।

केन्द्रबाट संकलन भएका कृषि उपजहरुको प्याकेजिङ, ब्राण्डिङ र सर्टिङ गरेर काठमाण्डौ सप्लाई गर्ने उद्देश्य रहेको बताइएको छ ।

यस केन्द्रले नगरमा विषादी रहित तरकारी उत्पादनमा सहयोग पुग्ने जाइका नेपालका प्रमुख प्रतिनिधि माचुजाकी मिजुकीले बताए ।

कृषकले उत्पादन गरेको ताजा तरकारीहरु सुरक्षित राख्न कोल्ड स्टोरको अवश्यक रहेको र सो कार्यको लागि जाइकासँग उनले अनुरोध गरे ।

प्रतिक्रिया