स्कटल्याण्डविरुद्ध जितका लागि नेपाललाई १९४ रनको लक्ष्य


काठमाडौं — स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजको अन्तिम खेलमा नेपालले जितका लागि १९४ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेटको क्षतिमा १९३ रन बनाएपछि नेपालले उक्त लक्ष्य पाएको हो ।

स्कटल्याण्डका लागि जर्ज मुन्सेले ७८ रनको विस्फोटक पारी खेलेका थिए । त्यस्तै ब्रान्डन म्याकलनले ४२ रन बनाउँदा माइकल लिस्कले २६ रन बनाए ।
त्यस्तै माथ्यु क्रसले १७ रन बनाए ।

नेपालका लागि भुर्तेलले २ विकेट लिए भने सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले १÷१ विकेट लिएका थिए ।

 

प्रतिक्रिया