मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गर्भवतीको ज्यान गयो


रौतहट- रौतहटको राजपुर नगरपालिका–३ डमार पोखरी टोलमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एक गर्भवतीको ज्यान गएको छ। ३० वर्षीया गुलनाज खातुनलाई बुधबार दिउँसो करिब ४:२० बजे आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी दीपक रायले जानकारी दिए।

करेन्ट लागेपछि गम्भीर घाइते भएकी खातुनलाई परिवारले तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याए पनि चिकित्सकहरूले उनलाई केही समयमै मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको छ भने मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ। पोस्टमार्टम रिपोर्टपछि घटनाबारे थप विवरण आउने प्रहरीले जनाएको छ।

प्रतिक्रिया