कोशी, गण्डकी र लुम्बिनीमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


काठमाडौं- देशका तीन प्रदेश कोशी, गण्डकी र लुम्बिनीका धेरैजसो क्षेत्रमा अबका केही दिनभित्र भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन सक्रिय भएसँगै ती प्रदेशहरूमा भारी वर्षाको सम्भावना बढेको र बाँकी प्रदेशहरूमा पनि केही ठाउँमा ठूलो पानी पर्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार पछिल्लो समय सुदूरपश्चिमको डडेलधुरा, डोटी, दाङ, सिन्धुपाल्चोकलगायतका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।

अहिलेसम्म सामान्य रूपमा उपयोगी वर्षा भए पनि आगामी केही दिन भने बाढीपहिरोको जोखिम बढाउने गरी भारी पानी पर्ने अनुमान गरिएको छ । बागमती प्रदेशका केही स्थानहरूमा पनि ठूलो वर्षा हुनसक्ने सम्भावना छ ।

यसैबीच, सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी क्षेत्रमा ‘बाढी आउन सक्छ’ भन्ने हल्ला चलेको भए पनि हाल त्यस्तो जोखिम नरहेको महाशाखाले स्पष्ट पारेको छ ।

प्रतिक्रिया