बाढी र पहिरोले ५ वटा सडक अवरुद्ध, ३ एकतर्फी


काठमाडौं- बाढीका कारण विभिन्न ५ वटा सडक अवरुद्ध बनेका छन् । नेपाल प्रहरीका अनुसार पहिरोका कारण सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग तीन ठाउँमा अवरुद्ध बनेको छ।

यस्तै डोल्पास्थित भेरी करिडोर र दार्चुलास्थित गोकुलेश्वर–गलंगा हाइवे सडकखण्ड पनि पूर्णरुपमा अवरुद्ध बनेको प्रहरीको भनाइ छ ।

यसैगरी धनकुटास्थित रवि राके भेडेटार सडक, गुल्मीस्थित कालीगण्डकी करिडोर र जुम्लास्थिति जुम्ला–मुगु सडकखण्ड एकतर्फी बनेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया