भारतमा कोरोनाको दोस्रो लहर भयावह बन्दै, एकै दिन ७२ हजार बढिमा संक्रमण
दिल्ली – भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहरले तिब्र रुप लिएको छ । भारतमा एकै दिन (बुधबार २४ घण्टामा) ७२ हजार तीन सय ३० जना संक्रमित भएका छन्। मृत्यु हुनेको संख्या ४ सय ५९ पुभएको छ ।
हालसम्म भारतमा कोरोना संक्रमितको संख्या एक करोड २२ लाख नाघेको छ । एक लाख ६२ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
विशेषज्ञहरुले भारतमा मानिसहरुले कोरोना संक्रमण नियन्त्रणको आवश्यक मापदण्ड पालना नगरेको कारण अहिलेको अवस्था सिर्जना भएको बताएका छन् । त्यसका साथै चाडपर्व तथा स्थानीय निर्वाचनको भेलामा पनि कुनै रोक नलगाइएका कारण संक्रमण बढेको उनीहरुले दाबी गरेका छन् ।
भारतले कोरोना संक्रमण नियन्त्रणका लागि भनेर खोप अभियानलाई पनि तीव्रता दिएको छ । भारतमा हालसम्म ६ करोड ५१ लाखभन्दा बढीले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । भारत सरकारले बिहीबारदेखि ४५ वर्षभन्दा माथिका नागरिकलाई पनि कोरोना खोप लगाउन थालेको छ ।
एजेन्सी