


शेयर बजार सामान्य बढ्यो, कारोबार रकम झन्डै साढे २ महिनायताकै धेरैक

काठमाडाैं- हिजो खासै घटबढ नभएको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ८० अङ्कले बढेर २ हजार ६ सय ५८ दशमलव ६६ विन्दुमा पुगेको छ ।
आज फाइनान्स, जलविद्युत्, लगानी, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा होटल समूहको शेयर साढे ४ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज प्योर इनर्जी र पिपुल्स पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । नेप्से सामान्य बढेको दिन अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर भने साढे ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ११ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ३ सय १८ वटा कम्पनीका ३ करोड ३६ लाख कित्ता शेयर १३ अर्ब १८ करोड रुपैयाँमा किनबेच भएको छ ।
यो कारोबार रकम झन्डै साढे २ महिनायताकै धेरै हो । यसअघि फागुन २० गते १२ अर्ब ९४ करोड रुपैयाँको शेयर करोबार भएको थियो ।

