सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबाट ‘ब्याक’ भयो माओवादी, सर्वोच्चतिर नियाँल्दै


काठमाडौं– नेकपा माओवादी केन्द्रको विहीबार स्थायी समिति बैठक प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने निर्णयबाट ब्याक भएको छ।

स्थायी समितिबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नुपर्ने थियो। तर विहीबारै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको आधिकारिकताको सर्वोच्चकै फैसला पुनरावलोकनबारे इजलाश गठन भएपछि माओवादी ब्याक भएको हो।

सर्वोच्चको फैसला आएपछि मात्र समर्थनबारे निर्णय लिने एक नेताले बताए। सर्वोच्चले फैसला पुनरावलोकन गरी एमाले र माओवादी ब्युँताएउने निर्णय सच्याएको खण्डमा भने माधवकुमार नेपाल पक्षसँग मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्न सकिने स्थायी समितिमा छलफल भएको छ।

‘समर्थन फिर्ता लिने भन्ने विषयमा नै कुराकानी हुने थियो तर सर्वोच्चमा अध्यक्षले दिएको निवेदनमाथि फैसला हुने भएपछि कुरौं भन्ने कुरा भयो’, माओवादी उच्च स्रोतले भन्यो।

प्रतिक्रिया