भारतीय पत्रिका द हिन्दू लेख्छ– माधवकुमार नेपालले नयाँ पार्टी खोल्ने


काठमाडौं– भारतीय पत्रिका द हिन्दूले नेकपा एमालेका नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्ने समाचार प्रकाशित गरेको छ।

उच्च स्रोतलाई उदृत गर्दै नेकपाभित्रको विवाद र अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मतभिन्नताका कारण नेपालले नयाँ पार्टी खोल्न लागेको पत्रिकाले लेखेको छ।

एमालेमा समानान्तर गतिविधि गरिरहेका नेपाललाई केही दिन अघि मात्र अध्यक्ष ओलीले ६ महिनाका लागि पार्टी सदस्यताबाट निलम्बन गरेका थिए।

प्रतिक्रिया