संसदीय समितिमा राष्ट्रिय निकुञ्जवारे छलफल हुने


काठमाडौं – संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालय सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।

जसअनुसार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

जुन बैठकमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तु बीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० का सुझाव र समितिले विभिन्न समयमा दिएको निर्देशन कार्यान्वयनको प्रगति अवस्थाका बारेमा छलफल हुने सबन्धित सचिवालयले जनाएको छ।

प्रतिक्रिया