


प्रतितोला १३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला १३ सय रुपैयाँले बढेर एकलाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि, मंगलबार सुन प्रतितोल एकलाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुईहजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

