झापामा तीनजना मृत फेला


झापा – झापाका तीन स्थानमा तीनजना मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार बिहान अर्जुनधारा-४ मदनपुर जलाधर सडक, बिर्तामोड-२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएका हुन् ।

अर्जुनधारा-४ मा भेटिएको शवको परिचय नखुलेको, बिर्तामोड-२ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा-११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृत फेला परेका हुन्।

तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।

प्रतिक्रिया