


शेयर बजारमा हरियाली, २५ अंकले नेप्से बढ्दा १० अर्ब बढीको कारोबार

काठमाडौं – साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन सोमबार २३.१९ अंकले बढेको नेप्से परिसूचक आज २५.०७ अंकले बढेर २६७८.१७ विन्दुमा पुगेको हो।
नेप्से उच्च अंकले बढेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा वृद्धि भएको छ।
यसदिन ३११ स्क्रिप्सको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर १० अर्ब १६ करोड ९ लाख ८१ लाख ७६ रुपैयाँमा खरिदबिक्री भए।
सोमबार ८ अर्ब ६८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

