कालीकोटमा घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु


कालीकोट- कालीकोटको खाँडाचक्र नगरपालिका–२ की ४७ वर्षीया पाँचा खड्काको भिरबाट लडेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार मंगलबार बिहान घरनजिकैको गोल्छे भीरमा घाँस काट्ने क्रममा खड्का लड्दा घटनास्थलमै उनको ज्यान गएको हो।

प्रहरीले घटनास्थलबाट शव उद्धार गरी जिल्ला अस्पताल कालीकोटमा राखिएको जनाएको छ।

प्रतिक्रिया