माधव नेपालको सांसद पद निलम्बनका लागि संसद् सचिवालयमा पत्र


काठमाडौं — पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता भएपछि पूर्वप्रधानमन्त्री तथा सांसद माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेपछि संसद् सचिवालयमा नेपालको निलम्बन सम्बन्धी पत्र पुगेको हो।

संसद् सचिवालयमा दर्ता भएको सो पत्र सभामुख देवराज घिमिरेले बिहीबारको प्रतिनिधिसभा बैठकमा सार्वजनिक रुपमा पढेर सुनाउने कार्यक्रम रहेको छ।

नेपालमाथि पतञ्जलि आयुर्वेदसँग जोडिएको जग्गा सट्टापट्टा प्रक्रियामा अनियमितता गरेको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरिएको हो।

 

प्रतिक्रिया