


जापानीसहित २ विदेशी र १ नेपाली कम्पनी कालोसूचीमा

काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले दुईवटा विदेशी र एउटा नेपाली निर्माण कम्पनी कालोसूचीमा राखेको छ ।
सार्वजनिक खरिद ऐन अनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । सोमबारको बैठकले तीन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
कालोसूचीमा पर्नेमा जापानको मरुशिन शिताका कन्स्ट्रक्सन, भारतको पीएच-एसएमएनएस जेभी र नेपालको शंकरमाली निर्माण सेवा रहेका छन् ।
मरुशिन र पीएच-एसएमएनएसलाई दुई वर्ष र शंकरमालीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
अब यी कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

