


राजावादी प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं— राजधानीमा आइतबार आयोजित राजावादी प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ।
नक्सालस्थित नारायणचौरबाट बालुवाटारतर्फ जान खोज्दा सुरक्षाकर्मीले अवरोध गरेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। जबरजस्ती बालुवाटार प्रवेश गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गर्दै प्रदर्शनकारीलाई तितरबितर पारेको हो।
लाठीचार्जका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन्।
प्रदर्शनको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। थापालाई नियन्त्रणमा लिएको पुष्टि जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले गरेका छन्।
राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्र घोषणाको माग गर्दै राजावादी समूहले १५ जेठदेखि काठमाडौं केन्द्रित आन्दोलन चलाईरहेका छन्।

