


अब भारतीय पर्यटक ५ हजार डलरसम्म ल्याउन सक्ने, सरकारले हटायो २५ हजारको सिमा

काठमाडौं- अब भारतीय पर्यटकले नेपाल आउँदा २५ हजार रुपैयाँको पुरानो मुद्रा सीमा बाध्यता हटेको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक बजेटमार्फत भारतीय नागरिकले पनि अन्य विदेशी पर्यटकसरह ५ हजार अमेरिकी डलर (अन्दाजी ६ लाख ६५ हजार रुपैयाँ) बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक साथमा ल्याउन सक्ने व्यवस्था गरिएको छ।
यो नीतिगत परिवर्तनले भारतीय पर्यटकलाई नेपालमा खर्च गर्न सहजता दिने र पर्यटन व्यवसायलाई थप सक्रिय बनाउने विश्वास गरिएको छ।
यसअघि भारतीय पर्यटकलाई मात्र लागू हुनेगरी अधिकतम २५ हजार रुपैयाँसम्ममात्र नेपाल भित्र्याउन पाउने सीमा कायम थियो। अब त्यो व्यवस्था खारेज भएसँगै भारतीय पर्यटक पनि अन्य विदेशी नागरिकसरह उच्च मूल्यको रकम ल्याउन योग्य भएका छन्।

