द्वन्द्वका कारण यूक्रेनका बालबालिकाको मानसिक स्वास्थ्यमा असर


कीभ – यूक्रेनमाथि आक्रमण हुने चर्चाले युक्रेनका बालबालिकाको मानसिक स्वास्थ्यमा असर परेको छ । संयुक्त राष्ट्रसंघीय निकाय यूनिसेफले द्वन्द्वको विषयले बाल मनोविज्ञानमा ठूलो असर पारेको जनाएको हो ।

युद्ध भयो भने के हुन्छ होला, त्यतिबेला आफूहरु कसरी बाँचिन्छ होला, आफन्तहरुलाई केही भयो भने के गर्ने होला भन्ने जस्ता प्रश्नले बालबालिकालाई सताउने गरेको यूनिसेफले उल्लेख गरेको छ ।

उनीहरूले आफूलाई पिडा भइरहेको अनुभव पनि सुनाएको यूनिसेफद्वारा जारी वक्तव्यमा लेखिएको छ ।बालबालिकाहरूमा आफ्नो पढाइको समेत चिन्ता देखिएको छ । उनीहरूलाई युनिसेफले आवश्यक सहयोग तथा सेवा समेत उपलब्ध गराउन सुरु गरेको छ ।

यूनिसेफले अघिल्लो बर्ष ७० हजार बालबालिकासम्म आफ्नो सहयोग पुगेको पनि जनाएको छ ।

त्यसैगरी बालबालिकालाई मनोवैज्ञानिक सहयोगका बारेमा शिक्षकहरुलाई पनि प्रशिक्षित गरिएको जनाइएको छ ।

प्रतिक्रिया