
किसानलाई रासायनिक मलका लागि २८ अर्ब बजेट विनियोजन
काठमाडाैं- सरकारले रासायनिक मल आपूर्तिको मात्रा बढाएर ६ लाख टन पुर्याउने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्।
यस्तै मलमा रहेको अनुदान २८ अर्ब ८२ करोड विनियोजन गरेको उनले बताए। सँगै मल उद्योग स्थापनाका लागि लगानी बोर्ड आवश्यक तयारी भइरहेको पनि उनले बताए।



कागजपत्र |
