कञ्चनपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु


कञ्चनपुर- कञ्चनपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका– २ बाणीस्थित सडकमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक आशिक रानाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार से २ त २५३ नम्बरको ट्याक्टर र से ३ प ४९७५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा राना गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा धनगढीस्थित मायामेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि बसेका सोही ठाउँका १७ वर्षीय बिक्रम चौधरीको उपचार भइरहेको छ ।

ट्याक्टर र ट्याक्टर चालक कृष्णपुर नगरपालिका– ४ बेलकुण्डी बस्ने ४५ वर्षीय तेजबहादुर डगौरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया