बजेट स्वीकृतका लागि बस्दै मन्त्रिपरिषद् बैठक


काठमाडौं – आर्थिक वर्ष २०८२/०८३ को बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ ।

त्यसका लागि पौने २ बजे बैठक बोलाइएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी बोलाइएको हो ।

आजै ३ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट पेस गर्दैछन् ।

प्रतिक्रिया