धुलिखेल जाँदै प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज काभ्रेपलाञ्चोकको धुलिखेल जाँदैछन्। प्रधानमन्त्री ओलीबिहान साढे ११ बजे धुलिखेल जाने उनको निजी सचिवालयले जनाएको छ।

धुलिखेल अस्पतालको ट्रमा तथा आकस्मिक सेवा भवनको शिलान्यास गर्न उनी त्यहाँ जान लागेका हुन्।

ट्रमा एण्ड इमर्जेन्सी सेन्टर परियोजना नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाईका) बीचको समझदारी पत्र अन्तर्गत जापान सरकारको सहयोगमा शुरु गरिएको हो ।

धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान) को सुधार परियोजनाका लागि जापान सरकारले थप ५७ करोड ३० लाख येन अनुदान दिने सम्झौता भईसकेको छ।

प्रतिक्रिया