


जाजरकोटमा भूकम्प धक्का महसुस

काठमाडौं – जाजरकोट केन्द्र भएर सोमबार दिउँसो भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामीडाँडा आसपास केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको छ ।
सोमबार दिउँसो २ बजेर २५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

