काठमाडौं वसुन्धरामा स्कुटर दुर्घटना हुँदा किशोरीको मृत्यु


काठमाडौं- काठमाडौंको वसुन्धरामा दुर्घटनामा परी एक किशोरीको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका– ३ वसुन्धरा सडकमा म प्र ०२–०३४ प ६२५७ नम्बरको स्कुटरले पैदलयात्रुलाई ठक्कर दिँदा स्कुटरमा सवार महोत्तरी घर भई काठमाडौंको चावहिल बस्ने १८ वर्षीया मनीषा परियारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा ग्रिनसिटी अस्पतालमा आज निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते पैदलयात्रुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले स्कुटर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।

प्रतिक्रिया