

शिवसेना नेपालका अध्यक्ष अनिल बाबा रिहा

काठमाडौं – काठमाडौंको तीनकुने गत चैत १५ गते आयोजित राजावादीहरूको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोड घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका शिवसेना नेपालका अध्यक्ष अनिल बाबा रिहा भएका छन् ।
प्रहरीले उनलाई आइतबार साँझ रिहा गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका–३ निवासी ४७ वर्षीय अनिल बस्नेत (अनिल बाबा) चैत १५ मा तीनकुनेमा आयोजित प्रदर्शनका क्रममा भएको अराजक गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनी रिहा भएपछि राजावादीहरूले खुशी व्यक्त गरेका छन् ।
राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा अनुसन्धानको दायरामा परेका १०८ जनामध्ये ३४ जनाविरुद्ध मुद्दा नचल्ने भएको छ ।

