संसदमा दिलेन्द्र बडूको प्रश्न- प्रधानमन्त्रीलाई के-के सुरक्षा व्यवस्था थपिएको छ ? संसदलाई जानकारी गराउनु


काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा नआएकोमा आपत्ति जनाएका छन् । उनले ओली संसदमा उपस्थित नभएको बारेमा प्रश्न समेत उठाएका छन् ।

प्रधानमन्त्री ओलीले आफूमाथि सुरक्षा थ्रेट बढेको बताएको विषयलाई लिएर कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले गृहमन्त्रालयसँग जवाफ मागे । ‘केही समयअगाडि प्रधानमन्त्री ओलीले आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बेला भौतिक आक्रमण हुन सक्ने अभिव्यक्ति दिनु भएको थियोु, उनले भने, ‘उहाँलाई के के सुरक्षा व्यवस्था थपिएको छरु त्यसबारेमा संसदलाई जानकारी दिनु आवश्यक छ।’

‘प्रधानमन्त्री प्रतिनिधिसभाका यति धेरै बैठक हुँदा पनि किन आउनु भएन ? , उनले सोधे, ‘कतै नआउनुको कारण सुरक्षा खतरा त होइन? । आजसहित संसदका ६ वटा बैठक बसिसक्दा पनि प्रधानमन्त्री नआएको भन्दै उनले आपत्ति जनाए। ‘संसद चलिरहेको छ तर आजसम्म प्रधानमन्त्री संसदभित्र देखिनु भएको छैन, कतै उहाँमाथि सुरक्षा खतरा कायमै रहेको हो र?, उनले भने, ‘उहाँले सुरक्षासँगै नैतिक खतरा पनि महसुस गरिरहनुभएको हो?’

उनले यदि सुरक्षा खतरा थिएन भने बनावटी कुरा किन गरेको भन्दै सोधे। ‘सुरक्षा खतरा थिएन भने नेपालको सुरक्षा व्यवस्था र क्षमतामाथि प्रश्न उठ्ने गरी बनावटी अभिव्यक्ति किन प्रधानमन्त्रीले दिएको?, उनले सोधे, ‘यसबारेमा प्रधानमन्त्री, गृहमन्त्री वा सरकारका प्रवक्ताले संसदलाई जवाफ दियुन्।’

प्रतिक्रिया