चितवनमा यात्रुबहाक बस र कार ठोक्किँदा कारचालकको मृत्यु


चितवन — मध्यरातमा चितवनको खैरेनीमा यात्रुबहाक बस र इभी कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

आज (शुक्रबार) बिहान करिब १ः४५ बजेतिर समयमा खैरहनी नगरपालिका–२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा उदयपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्वरको बस र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्वरको कार एक आपसमा ठक्कर खाँदा कारचालकको मृत्यु भएको जनाइएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका कार चालक खैहरनी नगरपालिका ८ बस्ने ४२ वर्षिय प्रदिप तिमिल्सिनाको उपचारका क्रममा बिहान ३ बजेतिर मृत्यु भएको जनाइएको छ ।

बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया