

बालुवाटारमा ओली र देउवाबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री केपी ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सोमबार प्रधानमन्त्री ओली र सभापति देउवाबीच कुराकानी गर्ने भने पनि प्रधानमन्त्री ओली अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीले नै सभापति देउवालाई ’मलाई सञ्चो भएन, आज भेट नगरौं’ भनेका थिए ।
प्रधानमन्त्री ओलीको अस्वस्थताका कारण प्रतिनिधिसभाको बैठकमा हुने प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ ।

