

टिपर पल्टिँदा एक जनाको मृत्यु

धनुषा — सिरहाको मिर्चैयामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक मिर्चैया नगरपालिका–७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महरा छन् ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेशराज पुरीका अनुसार आज बिहान पौने ६ बजेटिर उदयपुरबाट आएको बागमती प्रदेश ०१–००४ ख २९५३ नम्बरको टिपर कटारीचोक नजिक अनियन्त्रित भएर पल्टेर दुर्घटना भएको हो ।
महराको घटनास्थलमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी पुरीले बताए ।

