गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गयो


गुल्मी – गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा गुल्मीको मुसिकोट नगरपालिका –६ भुवाचिदीका १७ वर्षीय ग्रीष्म शर्मा रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

शर्मा तीन जना साथीहरूसँगै हिजो दिउँसो पौडी खेल्न छल्दी खोलामा गएका थिए ।

प्रतिक्रिया