पहलगाममा मारिएका सुदीपको परिवार भेट्न बुटवल पुगे भारतीय राजदूत श्रीवास्तव


काठमाडौं — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पहलगाममा भएको आतंकवादी हमलामा मारिएका नेपालका सुदीप न्यौपानेको परिवारलाई भेटेका छन्।

राजदूत श्रीवास्तवले आइतबार परिवारलाई भेटेर समवेदना व्यक्त गरेका हुन्। भेटमा उनले पीडित परिवारलाई आतंकवाद विरुद्धको लडाईंमा र पहलगाम आतंकवादी हमलाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन भारत सरकारको दृढ प्रतिबद्धता रहेको आश्वासन दिएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ।

गत २२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणमा सुदीपसहित २६ जनाको मृत्यु भएको थियो।

 

प्रतिक्रिया