सवारी चालक अनुमतिपत्र छपाइ अनिश्चितकालका लागि बन्द


काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य अनिश्चितकालका लागि रोकिएको जनाएको छ।

आइतबार सार्वजनिक गरेको सूचनामा विभागले प्रिन्टिङ प्रणालीमा समस्या देखिएकाले वैशाख २५ गतेदेखि अत्यावश्यक लाइसेन्स छपाइ स्थगित गरिएको जानकारी दिएको हो। विभागका अनुसार, अध्ययन र रोजगारीका लागि विदेश जान चाहने नागरिक, शान्ति मिसनमा खटिन लागेका नेपाली सेना तथा प्रहरीका सदस्य, साथै गैरआवासीय नेपाली नागरिकहरूका लागि यो सेवा दिइँदै आएको थियो।

“प्रिन्टिङ प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानको काम भइरहेको छ,” विभागले सूचनामा उल्लेख गरेको छ, “अर्को सूचना प्रकाशित नभएसम्मका लागि अत्यावश्यक लाइसेन्स छपाइ बन्द गरिएको जानकारी गराइन्छ।”

विभागले प्रणालीको समस्या समाधानपछि छपाइ प्रक्रिया पुनः सुरु गरिने स्पष्ट पारेको छ, तर समस्या कहिलेसम्म समाधान हुन्छ भन्ने बारे भने कुनै समयसीमा तय गरिएको छैन।

प्रतिक्रिया