गुडिरेहको बसमा आगलागी


काठमाडौं – चितवनको रत्ननगर नगरपालिका- १६ कयरखोलानजिकै गुडिरेहको बसमा आगलागी भएको छ।

गएराति पौने ११ बजे पर्साबाट चितवनको पिठुवातर्फ जाँदै गरेको बागमती प्रदेश ०६-००१ ख ०१८८ नम्बरको गुडिरहेको बसमा अचानक आगो लागेको हो। आगलागीबाट बसमा क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बस चितवन शक्तिखोर बस्ने ५२ वर्षीय कुल बहादुर रायमाझीको रहेको र चालक पनि उनी आफै रहेको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन।

बसमा चालक मात्रै रहेका थिए । आगो राति नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया