नेपाल–भारत सीमा क्षेत्र नजान आफ्ना नागरिकलाई चिनियाँ दूतावासको आग्रह


काठमाडौं — नेपालस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई नेपाल–भारत सीमावर्ती क्षेत्रहरूमा नजान सुझाव दिएको छ। दूतावासले आफ्नो वीच्याट च्यानलमार्फत सूचना प्रकाशित गर्दै हाल सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च भएको कारण सतर्क रहन आग्रह गरेको हो।

सन्देशमा भनिएको छ, “नेपाल र भारत दुवैले सीमा क्षेत्रमा सुरक्षा कडाइ गरेका छन्। खुला सिमानाका कारण असावधानीवश भारतीय भूमिमा प्रवेश गर्ने जोखिम भएकाले, भारतीय भिसा बिना त्यस्ता क्रियाकलापबाट जोगिनु आवश्यक छ।”

भारत–पाकिस्तानबीचको बढ्दो तनावका कारण नेपाल र भारत दुवै देशले सीमाक्षेत्रमा निगरानी बढाएका छन्। हालै रक्सौल नाका नजिक केही चिनियाँ नागरिकहरू पक्राउ परेपछि थप सतर्कता अपनाइएको हो।

प्रतिक्रिया