

बैतडीमा काफलको रुखबाट लडेर बालिकाको मृत्यु

बैतडी- बैतडीमा काफलको रुखबाट लडेर एक बालिकाको मुत्यु भएको छ । जिल्लाको पुर्चाैडी नगरपालिका–९ बथ्थोला तल्लादेहीकी १४ वर्षीय बालिका सिमा भण्डारीको काफल टिप्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो ।
बुधबार बिहान करिब साढे १० बजेतिर आमासंग स्थानीय जंगलमा काफल टिप्न गएकी उनको काफलको रुखबबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय शिक्षक नरबहादुर भण्डारी जानकारी दिए ।

