

अर्थमन्त्री पौडेल किन पुगे देउवा भेट्न बुढानिलकण्ठ ?

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच सोमबार बिहान बूढानीलकण्ठमा भेटवार्ता हो ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका विषयमा परामर्श गर्न अर्थमन्त्री पौडेल देउवा निवास बूढानीलकण्ठ पुगेका थिए ।
भेटमा कांग्रेस सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिएको बताइएको छ ।

