नागढुंगा-नौबिसे सडक आजदेखि राति चार घण्टा बन्द


काठमाडौं – नागढुंगा-नौबिसे सडक सोमबारदेखि राति चार घण्टा बन्द गरिने भएको छ।

त्रिभुवन राजपथको नागढुंगा–पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले सडक बन्द गरिने भएको हो । नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले एक सूचना जारी गरी सोमबारदेखि वैशाख ३१ गते सम्म राति ११ बजेदेखि ३ बजेसम्म सवारी आवागमन बन्द गरिने जनाएको हो। काठमाडौँबाट जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाडौँतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ।

रोकिएका सबै सवारीसाधनलाई बिहान ३ बजेपछि मात्र छाडिने जनाइएको छ। एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने निर्वाध रूपमा सञ्चालन हुने सुचनामा उल्लेख छ । आयोजनाले सीतापाइला–भीमढुंगा–रामकोट–धार्के सडक तथा सामाखुशी–टोखा–गुर्जेभञ्ज्याङ छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया