डिभीको नतिजा सार्वजनिक, कसरी हेर्ने ?


काठमाडौं- अमेरिकी डिभी चिठ्ठाको नतिजा प्रकाशित भएको छ । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार नतिजा मन्त्रालयको वेवसाइटमार्फत हेर्न सकिनेछ ।

विजेताहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् । उनीहरुले सन् २०२६ को सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्नेछ । विद्यमान कानून अनुसार उक्त अवधिभित्र भिसा नपाउनेहरु स्वतः अयोग्य हुनेछन् । डीभीका लागि कैयन नेपालीहरुले आवेदन दिने गरेका छन् ।

प्रतिक्रिया