

कैलालीमा बस र इभी हाइस ठाेक्किंदा ३ जना घाइते

कैलाली- भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको चुरे गाउँपालिका–३ सल्लेरीमा बस र इभी गाडी (हाइस) ठोक्किँदा तीन जना घाइते भएका छन्।
धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०२००१ ख १२५२ नम्बरको बस र डडेल्धुराकाे जोगबुढाबाट धनगढी आउँदै गरेको सुपप्र ०२००१ ज ५०७ नम्बरको ईभी सल्लेरीमा एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा ईभी चालक २६ वर्षीय कमल धामी,
डडेल्धुराकाे पर्शुराम नगरपालिका–१२ बस्ने ९ वर्षीया प्रतिक्षा सिजामगर र कञ्चनपुर, कृष्णपुर नगरपालिका–१ बस्ने २० वर्षीया निर्मला भट्ट सामान्य घाइते भएका छन्।
उनीहरूलाई उपचारका लागि धनगढी ल्याइएको छ। दुर्घटनापछि बस र ईभी दुवैमा क्षति पुगेको प्रहरीले जनाएको छ। यतिबेला घटनास्थलमा ट्राफिक प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

