

मन्त्रिपरिषद्को बैठक र राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम अचानक स्थगित

काठमाडौं – आज बिहान बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक अन्तिम समयमा आएर अचानक स्थगित भएको छ।
साथै नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम समेत स्थगित भएको छ ।
बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको थियो ।

