

एकैदिन ४ हजार ६ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँले घटेको हो ।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार यसको मूल्य १ लाख ८८ हजार एक सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज ५० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

