चितवनको भरतपुरमा जिपको ठक्करबाट एक महिलाको मृत्यु


चितवन, भरतपुर – चितवनको भरतपुर महानगरपालिका–७, प्रेमबस्ती चोकमा जिप र स्कुटर एकआपसमा ठोक्किँदा एक महिलाको ज्यान गएको छ।

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार भरतपुरतर्फ जाँदै गरेको ना ५ च २६४४ नम्बरको जिपले सोही दिशातर्फ गइरहेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा परेर भरतपुर–६ इन्द्रपुरी निवासी ५२ वर्षीया लक्ष्मी वाग्ले घाइते भइ घटनास्थलमै ज्यान गएको ट्राफिक प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए। ठक्करपछि बोलेरो जिप सडकमै पल्टिएको थियो र स्कुटरमा सवार वाग्लेलाई किचेको प्रहरीले जनाएको छ।

जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया