

इपिसेन्टरमा प्रचण्डः विनाशकारी भूकम्प केन्द्रबिन्दु बारपाकमा प्रचण्डको फोटोसेसन ! (फोटोफिचर)

काठमाडाैं – आज वैशाख १२ । करिब ९ हजार मानिसको ज्यान लानेगरी आएको विनाशकारी भूकम्पको ठ्याक्कै १० वर्ष पुगेको छ । यसै दिनलाई सरकारले भूकम्प स्मृति दिवसका रुपमा विभिन्न कार्यक्रमसहित मनाउँदैछ ।
सोही सन्दर्भमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सो भूकम्पको केन्द्रबिन्दु रहेको स्थान गोरखाको बारपाक पुगेका छन् ।
दुई छोरीहरु र माओवादी नेता कार्यकर्ताका साथ बारपाक पुगेका प्रचण्ड भूकम्प गएकै दिनमा बारपाकमै रहेर स्थानीयहरुसँग समय बिताइरहेका छन् ।
राजनीतिक कार्यक्रमका लागि विभिन्न स्थानमा पुग्ने गरेका प्रचण्डले स्थानीय नेता तथा कार्यकर्ताको साथमा मर्निङ वाक गर्ने गरेका छन् । त्यसक्रममा स्थानीय कार्यकर्ताकै घरमा खाना खाएर स्थानीयसँग सामिप्यता बढाउने गरेका छन् ।
प्रचण्डको यात्राका क्रममा छोरी रेणु दाहालले सकेसम्म साथ दिने गरेकी छिन् भने गंगा भने हरबखत साथमै हुन्छिन् ।
पार्टीको अभियानअन्तर्गत देशका विभिन्न स्थानमा पुग्ने प्रचण्डको कार्यक्रमअनुरुप बारपाक पुगेका हुन् ।
तस्बिरहरूः दीपक भण्डारी/सचिवालय सदस्य

