शिक्षामन्त्री बन्दै रघुजी पन्त


काठमाडौं-  शिक्षामन्त्री पदमा रघुजी पन्तको नियुक्ति पक्कापक्की भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई मन्त्री बनाउने तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ ।

एमाले नेतृ विद्या भट्टराईले गत वैशाख ८ गते शिक्षामन्त्री पदबाट राजीनामा दिएपछि उक्त पद खाली रहेको थियो । सोही रिक्त स्थानमा एमालेले वरिष्ठ नेता पन्तलाई अघि सार्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार पन्तले भोलि नै शपथ लिने तयारी गरिएको छ ।

प्रतिक्रिया