कक्षा १२ को नयाँ रुटिन सार्वजनिक [तालिकासहित]


काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका पुनः संशोधन गरी सार्वजनिक गरेको छ। शिक्षक आन्दोलनका कारण परीक्षा मिति १० दिन पछाडि सारिएको हो।

पहिले वैशाख ११ गतेदेखि सुरु हुने भनिएको परीक्षा अब वैशाख २१ गतेदेखि सुरु हुनेछ र जेठ २ गतेसम्म सञ्चालन हुनेछ।

नयाँ तालिकाअनुसार नियमित र आंशिक दुवै विधाका परीक्षार्थीको परीक्षा कार्यक्रम समेटिएको छ। बोर्डले संशोधित तालिका औपचारिक रूपमा सार्वजनिक गर्दै सबै विद्यार्थी, शिक्षक तथा सरोकारवाला पक्षलाई जानकारी गराएको छ।

परीक्षा तालिकाको विस्तृत विवरण बोर्डको वेबसाइट र सूचना पाटीमार्फत हेर्न सकिनेछ।

प्रतिक्रिया