डोटीमा मिनीट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु


काठमाडौं — भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

धनगढीबाट खाद्यान्न र खुद्रा सामान बोकेर बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०००१ ख ३४२८ नम्बरको मिनी ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा चालक बझाङको बुङ्गल नगरपालिका–२ दहबगरका अर्जुन धामी, उज्वल जाग्री र जगत धामी छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुडर, डोटीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ प्रहरी बरिष्ठ नायब निरीक्षक लोकेन्द्र सिंह पुजाराको कमाण्डमा १० जनाको टोली घटनास्थलमा पुगेर उद्धारमा खटिएको थियो । घटनास्थल बुडरबाट ११ किलोमिटर उत्तर पर्दछ ।

 

प्रतिक्रिया